बराङ्गनासहित सोविता कतारमा

काठमाडौं । उपन्यासकार सोविता सिंखडा उपन्यास ‘बराङ्गना’सहित कतार पुगेकी छन् । उनी त्यहाँका साहित्यानुरागीसँग साक्षत्कार गर्न कतार पुगेकी हुन् ।

कतारमा उनी फुल, माला, खादा, आसन र भाषण रहित साहित्यीक अन्तरक्रियामा सहभागी भइन् । उनलाई त्यहाँका साहित्यानुरागीहरुले उपन्यास लेख्दाको अनुभव, अनुभूति र चलचित्रमा अभिनयको अनुभव र भिन्नताबारे जिज्ञासा राखेका थिए । अध्यात्ममा पनि सक्रिय लेखिका सिंखडासँग साक्षात्कार गर्न पाउँदा कतारका साहित्यानुरागी दंग भएका थिए ।

उपन्यासकार सिम्खडाले आफुले बच्चैदेखि देखे, भोगको समुदाय र पात्रको कथामा उपन्यास लेखेकाले उपन्यास जिवन्त बनेको राम्रो प्रतिक्रिया पाइरहेको बताइन् । उनले अहिले आफू पूर्ण रुपले साहित्य लेखन र अध्यनमा होमिएकोले बताइन् । केही नयाँ विषयवस्तुका लागि पनि कतारको भ्रमण फलदायी हुने सोविताको भनाइ छ ।

अन्तरक्रिया संगै आयोजना गरिएको हस्ताक्षर कार्यकमले सहभागीमा थप उत्साहित भएका थिए । सहभागीहरुले सिंखडाको कृती वराङ्गनामा लेखककै हस्ताक्षरसहित पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।