‘एमबाप्पे गोलकर्ता हुन्, उनी मेस्सी हैनन्’

एजेन्सी । पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टुचेलले विश्वकप विजेता युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीसँग दाँज्न नसकिने बताएका छन् । ‘फ्रान्सेली युवा स्ट्राइकर एमबाप्पे एक गोल कर्ता हुन् । उनी मेस्सी हैनन् ।

तर, उनी अहिले विश्वकै शीर्ष गोलकर्ताको सुचिमा पर्दछन् ।’ पिएसजीका प्रशिक्षक टुचेलले भने, ‘एमबाप्पे गोलका लागि भोकाएका २० बर्षीए खेलाडी हुन् । उनी प्रशिक्षका लागि पनि एक च्यालेन्ज हुन् ।’ उनले थपे, ‘एमबाप्पेमा अरु भन्दा प्रिथकता छ । जुन प्रत्यक खेलाडीमा हुन जरुरी छ ।’

सन् २०१७ मा मोनाकाबाट पिएसजी पुगे पछि एमबाप्पे टोलीका नियमीत खेलाडी हुन् । उनले हाल सम्म पिएसजीका लागि ५० गोल गरि सकेका छन् । २० बर्षीय एमबाप्पेले पिएसजीका लागि मात्र ७६ खेल खेल्दै ५० गोल र २८ असिस्ट गरेका छन् ।

जारी सिजनमा उनले लिग वानका २१ खेलमा उनले २४ गाले गरेका छन् । मेस्सीले ला लिगामा २५ गोल गरेका छन् । त्यस्तैले एमबाप्पेलाई मेस्सीको स्किल र स्टाटिजीसँग तुलना गर्न सकिन्न् ।