रुचाइँदै लालुमै

काठमाडौं । केहि साता अघि सार्वजनिक भएको ‘लालुमै’ बोलको गीत रुचाइँदै गएको छ । बिष्णु माझी र सन्दिप न्यौपानेले गएको गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् ।

युटुबमा हालसम्म ४० लाख दर्शक पाइसकेको गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ । गीतलाई टिकटकमा २५ हजार भन्दा धेरै ब्यक्तिले भिडियो बनाइसकेका छन् ।