मेगा बैंकका ग्राहकलाई ह्याम्समा छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई काठमाडौंको मण्डिखाटारस्थित ह्याम्स अस्पतालले विशेष छुट दिने सहमति भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेगा बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नुपरेमा मेगा बैंकका ग्राहकलाई अस्पतालले प्राथमिकता दिने भएको छ ।

ह्याम्ससँगै मेगा बैंकका ग्राहकलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायुलगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।