लिटिल मिस हेरिटेज हुँदै

काठमाडौं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला गरिएको छ । आयोजक संस्थाले सोमबार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।

स्कुल अध्यायन गर्ने छात्राको क्षमता निखार्दै उनीहरूको प्रतिभा बाहिर ल्याउने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा सिनियर तथा जुुनियर एकएक विजेता छानिने छन् ।

‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’का लागि १३ देखि १७ बर्षसम्मका छात्राले आवेदन भर्न सक्नेछन् ।

जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिता गर्न लागेको हो । जेनिथ ईन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाँ बानेश्वरस्थित कार्यलयबाट आवेदन भर्न सकिने छ । प्रतियोगिताको पहिलो अडिसन यही चैत्र २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा हँुदैछ ।