राजस्व अनुसन्धान विभागका ५० कर्मचारीलाई भारतमा तालिम

फरीदावाद । नेपाल सरकारको राजस्व अनुसन्धान विभागका ५० कर्मचारीका लागि तयार पारिएको ‘राजस्व चुहावटको अनुसन्धान तथा नियन्त्रण’ विषयक पाँच दिने विशेष तालिम सुरु भएको छ । भारतको फरीदाबाद स्थित नेस्नल एकेडेमी अफ कस्टममा सोमबारदेखि तालिम सञ्चालन भएको हो ।

तालिम ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको हो । तालिममा राजस्व अनुसन्धान विभाग, नेपालका ५० कर्मचारीलाई तालिम दिइन लागेको हो । विभागका २५ कर्मचारीको दोश्रो टोलीले सोहि स्थानमा ०७५ चैत्र ११ गतेदेखि तालिम लिनेछन् ।

तालिमले राजस्व अनुसन्धान विभागका कर्मचारीको अनुसन्धान तथा छानबिन गर्ने क्षमता अभिवृद्धि गर्नेछ । उनीहरुलाई वैधानिक अर्थव्यवस्थाबाट हुने राजस्व चुहावट नियन्त्रण र रोकथाममा थप प्रभावकारी बनाउन तालिमले मद्दत गर्नेछ ।
अप्रत्यक्ष कर संकलन तथा औषधी कानुन प्रवर्तनको क्षेत्रमा एनएसिआईएन भारत सरकारको शीर्ष तालिम संस्था भएको भारतीय दूतावास काठमाडौंले जनाएको छ ।