सन्जनाले ल्याइन टलक्क टल्कियो सियो

काठमाडौं । गायिका सन्जना श्रेष्ठले ‘टलक्क टल्कीयो सियो’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छन्। ओएसआर डिजीटल म्युजिक कम्पनि मार्फत आइतबार बजारमा ल्याएकी हुन्। सन्जनालार्इ  गायक रविन बरालले स्वरमा साथ दिएका छन् ।

गीतमा शब्द, संगीत कोशिस क्षेत्रीको रहेको छ भने गीतको एजेन्जर उदयराज पौडेलले गरेका छन्। गीतमा जीवन/मुमना र सिर्जनाको अभिनय देख्न सकिन्छ।

गायिका सन्जनाले यसअघि करिव १० वर्ष पहिले ‘तिमिसँग अन्तिम चोटी भेट्न’ बोलको गीत बजारमा ल्याएकी थिइन् । उनी लामो समयपछि पुनः सांगीतिक क्षेत्रमा फर्किएकी छन् ।