विप्लवकाे बन्द : ठाउँ ठाउँमा बम, स्थानीय त्रसित

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले गरेकाे बन्दका कारण देशभरकाे जनजीवन प्रभावित बनेकाे छ ।
सरकारले प्रतिबन्धको घोषणा गरेसँगै आक्रामक बनेको विप्लव नेतृत्वको नेकपाले बन्द गर्नुका साथै ठाउँ ठाउँमा बम राखेकाले स्थानीय त्रसित बनेका हुन् ।
काठमाडाैं, पोखरा, गोरखा, नवलपरासी, कैलाली, रौतहटलगायतका विभिन्न ठाउँमा बम राखेको भेटिएकाले जनतामा त्रास छाएकाे हाे । आवत जावत गर्न समेत डराउन थालेका छन् ।

राजधानी काठमाडाै‌ंसहित सातै प्रदेशका राजधानी तथा अन्य ठूला सहरहरुमा बन्दकाे प्रभाव परेकाे देख्न सकिन्छ ।

बजार, व्यवसाय तथा कलकारखानाहरु सञ्चालनमा समेत प्रभाव परेकाे बताइएकाे छ । विद्यालय तथा क्याम्पसहरुकाे बिहानी सत्रकाे कक्षामा समेत प्रभाव परेकाे छ ।

सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै सडकमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।