मेस्सीको दुई गोल, बार्सा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस ला लिगा क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती बार्सिलोनाकै घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा लियोनलाई ५-१ ले पराजति गर्दै बार्सिलाना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । बर्सिलोनाको जितका लागि मेस्सीको दुई गोल फिलिप काउटिन्हो, जेरार्ड पिके र उसमान डेम्बेलेले एक एक गोल गरे ।

लियोनका लुकास टुसार्टले एक गोल फर्काए । पहिलो लेगमा गोल रहित बराबरी खेलेको बार्सिलोना समग्रमा ५-१ को नतिजा निकालेको हो । खेलको १७ औं मिनेटमा मेस्सीको पेनाल्टी गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३१ औ मिनेटमा काउटिन्होले गोल गर्दै अग्रता दोब्बर पारे । पहिला हाफमा २-० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप तीन गोल गर्यो भने एक गोल खाएको थियो ।

५८ औ मिनेटमा लियोनका लागि टुसार्टले गोल गर्दै खेलमा फर्काउने कोशिश गरेका थिए । ७८ औ मिनेटमा बार्सालिोनाका लागि मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३-१ मा पुर्याए ।

८१ औ मिनेटमा पिके र खेल सकिन चार मिनेट बाँकी रहँदा डेम्बेलेले गोल गर्दै टोलीलाई ५-१ के फराकिलो जित दिलाए । यस जितसँगै बार्सिलोना लगातार १२ औ पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।