चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी- इन्ग्लिश प्रिमियर लिग क्लब चेल्सी डाइनामो किभलाई पराजित गर्दै युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा डाइनामो किभलाई ५-० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा ३-० को जित निकालको चेल्सीले दोस्रो लेगमा ५-० को जित निकाल्र्द समग्रहमा ८-० को जितसहित चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको हो । चेल्सीको जितका लागि ओलिभर जेरुडले ह्याट्रिक गरे ।

त्यस्तै मार्कोस एलोन्सो र कलम हुडसनले एक एक गोल गरे । खेलको पाँचौ मिनेटमा जेरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ३३ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए । खेलको ४५ औं मिनेटमा एलोन्सोले गोल गरेपछि पहिलो हाफमा चेल्सीले ३-० को अग्रता बनायो ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । ७८ औं मिनेटमा हुडसनले गोल गर्दा चेल्सीले ५-० गोलको फराकिलो जित निकालेको हो ।