पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका जाँदै

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदैछन् । उनी आइतबार साँझ अमेरिका तर्फ प्रस्थान गर्ने छन् ।

सीता लामो समयदेखि पार्किन्सन रोगले पीडित छिन् । यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो ।

उपचारकै सिलसिलामा गत कात्तिक महिनामा प्रचण्ड र सीताले म्याग्दीको तातोपानी कुण्डमासमेत स्नान गरेका थिए ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने बताइएको छ ।