भारतलाई नेपालको डर

विराटनगर । विराटनरगमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपमा आज (आइतबार) बी को विजेताका लागि साविकको विजेता टोली भारतले श्रीलंकाको सामना गर्दै छ । विरटनगरस्थित सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुने छ । समूह बी मा रहेको भारत र श्रीलंकाले समान एक एक खेल जितेका छन् । भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई नै २–० गोल अन्तरले पराजित गरेको थियो ।

यसखेलको विजेता टोलीले समूहको विजेता टोली बन्दै सेमिफाइनल पुग्ने छ । समूह बी को विजेता टोलीलाई फाइनल प्रवेशका लागि सेमिफाइनलमा सहज हुने छ । किनकी सेमिफाइनलमा समूह ए बाट समूहको विजेता र उपविजेता टोलीसँग भिड्ने टोलीको टुङ्गो लागि सकेको छ । आजको खेलमा पराजित हुने टोलीले सेमिफाइको पहिलो खेलमा प्रतियोगिताको उपाधि दाबेदारको रुपमा हेरियो नेपालको सामना गर्ने छ । त्यसैले पनि भारत र श्रीलंकालाई आफ्नो यात्रा सेमिफाइनल मै टुङ्गीन्छ की भन्ने डर छ । नेपाली टोलीलाई यस पटक प्रतियोगिताकै सबै भन्दा बलिायो टोलीको रुपमा हेरीएको छ । नेपालले समूह चरणका दुबै खेलामा सानदार जित निकालेको छ ।

पछिल्लो समय नेपाली टोलीमाथि रहेको भारतको दबदबा नेपालले चिर्दै आएको । दक्षिण एसियाली राष्ट्रमाथि एक छत्र राजगर्दै आएको भारतलाई हाफ सम्म नेपालले मात्र रोक्न सकेको छ । नेपालले पनि पछिल्लो समय भारतको एकछत्र राजमाथि पूर्ण विराम लगाएको हो । नेपालसँग भएका पछिल्ला दुई भेटमा भारतले ओलम्पिक छनोटमा नेपालसँग १–१ को बराबरी खेलेको थियो । त्यस्तै भारतमा नै सम्पन्न भएको हिरो गोल्डकपमा २–१ गोल अन्तरले पराजित गर्दै नेपालले एतिहासिक जित निकालेको थियो । त्यसैले भारत आफ्नो यात्रा सेमिफाइनमा नै नेपालसँग टुङ्गीने डरका कारण आजको खेल जित्नै पर्ने दबाबम छ ।