एकैसाथ तीन सौदर्य प्रतियोगिता

काठमाडौं । एकसाथ तीन सौदर्य प्रतियोगीता ‘मिस्टर एण्ड मिस टिन प्लानेट नेपाल २०१८’, ‘लिटिल मिस्टर एण्ड मिस प्लानेट नेपाल २०१८’ र ‘मिसेस प्लानेट नेपाल २०१८’ एकसाथ आयोजना हुने भएको छ ।

अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता समेत आयोजना गर्दै आएको इप्लानेट नेपालसँगको सहकार्यमा जेनिथ इन्टरटेनमेन्टले आयोजना गर्न लागेको यो सौदर्य प्रतियोगीताको आवेदन खुल्ला गरिएको छ ।

आवेदनका लागि फर्म इप्लानेटको कार्यालय बागबजार, मिडिया ट्रेनिङ एण्ड इन्टरटेनमेन्ट, ग्रीन क््याफे तिन कुनेमा उपलब्ध छन् । सहभागीले आवेदन अडिसनको दिन पनि सोही स्थानमा भर्न सक्ने जेनिथ इन्टरटेनमेन्टका सिइयो क्रिम सिंह मैनालीले बताए । ८ बर्षदेखि बिबाहित महिलासम्मलाई केन्द्रीत गर्दै प्रतियोगिता हुन लागेको हो ।