एमबप्पे डी मारियाको गोलमा पिएसजी विजयी

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरीस सेन्ट जर्मेन (पिएसजी) ले २० अंकाको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा मार्सेइलीलाई ३-१ ले पराजित गर्दै पिएसजीले शीर्षस्थानमा २० अंकको अग्रता बनाएका हो ।

घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन एन्जल डी मारियाले २ गोल तथा युवा खेलाडी केलियन एमबाप्पेले एक गरे । मार्सेइलीका लागि भालेरे जर्मेइनले एक गोल गरे । खेलको पहिलो हाफमा एक गोलको अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गर्द एक गोल खान पुगेको थियो ।

पहिलो हाफमो अन्तिम मिनेटमा युवा स्टार खेलाडी एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । ४६ औं मिनेटमा जर्मेइनले गोल गर्दै मार्सेइलीलाई १-१ को बराबरीमा ल्याए ।

तर, ५५ औं मिनेटमा डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । ६६ औं मिनेटमा डी मारियाले नै व्यक्तीगत दोस्रो गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाए । खेलको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।

उनको प्रहार मार्सेइलीका किपर योहान पेलेले बचाए । पिएसजीले २८ खेलबाट ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५७ अंक छ । पराजीत मार्सेइली ४७ अंक जोडेर चौथो स्थानमा छ ।