मेस्सीको ह्याट्रिकमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले रियल बेटीसलाई ४(१ ले पराजित गर्दै सहज जित निकालेको हो ।

रियल बेटीसको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान मेस्सीले ह्याट्रिक गर्दा लुइस स्वारेजले एक गोल गरे । यता रियलका लागि लोरेन मोरोनले एक गोल फर्काए । खेलको १८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफको अन्तिम मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-० को अग्रता दिलाए । दोस्रो हाफमा थप दुई गोल गर्दा एक खेल एक गोल खान पुग्यो ।

६३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारे । खेलको ८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेल खेलमा फर्किने प्रयास गरेका थिए । तर, ८५ औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले रियल बेटिसामथि ४-१ को सहजित निकालेको हो । ला लिगामा मेस्सीको यो ३३ औं ह्याट्रिक हो ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोड्दा दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ । पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ ।