फाइनल प्रवेशका लागि नेपालले श्रीलंकाको सामना गर्दै

विराटनगर । नेपाली राष्ट्रि महिला फुटबल टोलीले आज (बुधबार) साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि रुीलंकासँग भिड्दै छ । खेलल विराटनगरस्थित शहिद रंगशालामा बिहान ११ बजे सुरु हुने छ ।

श्रीलंकाविरुद्ध मैदान उत्रिदै गर्दा नेपालको लक्ष्य फाइनल प्रवेश हुने छ । नेपाली टिमका मुख्य प्रशिक्षक हरी खड्काले श्रीलंकाविरुद्व खेल्न नेपाली टिम मानसिक तथा शारिरिक रुपमा पूर्ण तयार भएको बताएका छन् ।

सन् २०१६ को साफमा नेपाल र श्रीलंका पछिल्ले पटक आमने सामने भएका थिए । जहाँ नेपाल आत्मघाति गोलमार्फत विजयी भएको थियो । तर, पछिल्लो पटक नेपाली राष्ट्रिय महिला टोलीको प्रदर्शन उत्कृष्ट रहदै आएको छ ।

जारी प्रतियोगितामा नेपालले समुह चरणको खेलमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफान प्रवेश गरेको हो । यता, समुह चरणमा श्रीलंका माल्दिभ्सविरुद्व जित निकालेपनि भारतसँग भने फराकीलो अन्तले पराजित भएको थियो ।

त्यस्तै आजै हुने दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशको सामना गर्दै छ । खेल दिउँसो ३ बजे सुरु हुने छ । भारत समूह चरणको विजेता हुनै सेमिफाइनल पुगेको थियो भने बंगलादेश एक खेलमा जित र एकमा हहार व्यहोरेको थियो ।