लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव किन नेपाल आउँदैछन्

काठमाडौं । भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोखले नेपाल आउन लागेका हुन् । उनी चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

गोखलेले नेपालमा रहदा भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

गोखलेको नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । चैत १५ र १६ गते काठमाडौंमा लगानी सम्मेलन हुँदैछ ।