इपिएस भाषा परीक्षाका लागि आवेदन खुला

काठमाडौं । सरकारीस्तरबाट दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि शुक्रबारबाट आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षाको लागि आवेदन खोलेको हो ।

इपिएस कोरिया शाखाका अनुसार आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई भाषा परिक्षाको मिति तोकेको छ । परीक्षामा सामेल हुन चाहनेह्रुले चैत ८ देखि १७ सम्म फारम भर्न सक्ने छन् ।

फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ ।

सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ । जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ ।