विप्लव नेतृत्वको नेकपाका हेमन्तप्रकाश ओलीसहित आठ जना पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीसहित अन्य आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काभ्रेबापलाञ्चोकबाट शुक्रबार राति पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्जसमेत हुन् ।

महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार ओलीसँगै  धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का ,सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ पक्राउ परेका छन् ।