मंगलबारदेखि दशैंको अग्रिम टिकट बुकिङ

काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । आज बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलिबाट टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट खोल्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्य बढेसँगै यातायात व्यसायीले रोकेका थिए । सरकार र यातायात व्यवसायीबीच आइतबार १० प्रतिशत गाडि भाडा बढाउने निर्णय भएपछि महासंघको आज बसेको बैठकले भोलीबाट टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।