एसईई दिँदै नायिका करिश्मा

काठमाडौं । आजदेखि सुरु भएको एसईई परीक्षामा सदाबहार नायिका करिश्मा मानन्ध सहभागी भएकी छिन् । करिश्मा मैतीदेवीस्थित त्रिवेणी माविकी लगनशील छात्रा हुन् । ग्यालेक्सी माविबाट कक्षा ८ उतिर्ण गरेपछि उनी गत वर्ष त्रिवेणी माविमा कक्षा नौमा भर्ना भएकी थिइन् ।

विद्यालय पोशाकमा आइतबार बिहान डिल्लीबजारस्थित विजय स्कमारक स्कुलमा रहेको परीक्षा केन्द्रमा पुग्दा उनको प्रतिक्रिया लिन सञ्चारकर्मीको भीड लागेको थियो । आफैं सवारी चलाएर सहयोगीकासाथ करिश्मा परीक्षा दिन आएकी थिइन् ।

आडम्बर र ढोंगबाट टाढा, यथार्थ र वास्तविकताको धरातलबाट आदर्श पात्रका रुपमा चिनिने उनले आफू योग्य नागरिक बन्नका लागि पुनः पढाइलाई निरन्तरता दिएको बताउँदै आएकी छिन् ।