प्रधानमन्त्री ओली प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै छन् । बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हँुदैछ ।

यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गरेका थिए ।