नौ महिनामा ४१ गैंडा मरे

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैंडा मरेका छन् । ३९ वटा गैंडा निकुञ्ज क्षेत्रमा र दुईटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेका अनुसार ती गैंडा प्राकृतिकलगायत कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैंडा मर्ने दर हालसम्मकै यो उच्च भएको घिमिरे बताउँछन्।

निकुञ्जका अनुसार यसअघी२०५६/०५७ मा प्राकृतिक कारणले२८ वटा गैंडा मरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।