वैदेशिक लगानी : नेपाल १४५औँ स्थानमा

काठमाडौं । हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ६६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव २ प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ । नेपालमा भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये युनिलिभर नेपाल सबैभन्दा बढी लाभांश बाँड्ने कम्पनी हो । उसले आर्थिक वर्ष ०७३/७४ मा १ हजार २ सय ७० प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, गत आव ०७४/७५ मा उसले ७ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।

नेपाली सेयरबजारमा सबैभन्दा बढी सेयर मूल्य हुने कम्पनी पनि युनिलिभर नै हो । उसको प्रतिसेयर मूल्य १९ हजार ३ सय ८० रुपैयाँ छ ।  युनिलिभर नेपालमा हिन्दुस्तान लिभर लिमिटेडको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत सेयर छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।