मावि तहका पाँच विषयको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले पाँच विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले विभिन्न मितिमा लिएको पाँच विषयको परीक्षाको अन्तिम नतिजा आइतबार सार्वजनिक गरेको हो ।

आयोगले माध्यमिक तहका सामाजिक, कम्प्युटर, संस्कृत, अर्थशास्त्र, कार्यसञ्चालन तथा लेखा विषयको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकहरूसाग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।