नेपाल र जापानबीच कामदार लैजाले विषयमा सम्झौता हुँदै

काठमाडौं । सरकारी संयन्त्रमार्फत् नेपाली कामदार जापान लाने विषयमा नेपाल र जापानबीच आज सम्झौता हुने भएको छ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने गरी सम्झौता हुन लागेको हो ।

श्रम मन्त्रालयका अनुसार अनुसार आउँदो एप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ । जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालका कामदार लैजाने बताइएको छ।

सहमति भएका विषयलाई कार्यान्वयनमा ल्याउन एउटा प्राविधिक टोली समेत गठन गरिने बताइएकोे छ । सो टोलीले जापानले नेपालबाट वार्षिक लैजाने श्रमिकको सङ्ख्या र कामदारको लागत खर्चजस्ता विषय टुङ्ग्याउनेछ ।