एक पुरुष बेश्याको इनसाइड स्टोरी

‘तिमीलाई थाहा छ नि तिमी कहाँ उभिएका छौ । यहाँ शरीरको व्यापार लाग्छ ।’ म अर्थात एउटा पुरुष, नीलो गुलाबी बल्बहरु भएको यो कोठामा म स्वयमलाई बेच्न उभिएको थिएँ । मैले जवाफ दिएँ–हो देखिरहेको छु, तर म यो सबै पैसाका लागि जे पनि गर्नेछ ।

मेरो अगाडि उभिएकी प्रौढ उमेरकी महिला ‘होइन उनी ट्रान्सजेन्डर थिइन् । पहिलोपटक उनलाई देख्दा त डराएँ कि यी को हुन् । उनले मसँग भनिन्–निकै एटिट्युड छ तिमीमा । तर यहाँ त्यस्तो चल्ने छैन ।

दिनको नौ–दश घण्टा एउटा आइटी कम्पनीमा काम गर्ने म त्यो पल डराएको थिएँ । लाग्यो कि मेरो स्वाभिमान गिरिरहेको छ । म एउटा यस्तो परिवारको सदस्य हुँ, जहाँ कसैले सोच्न पनि सक्दैन कि म यस्तो काम गर्नेछु । तर मेरो आवश्यकताले मलाई यतातिर धकेलिदियो ।

नयाँ माल…
‘‘जा गएर अफिसकै काम गर । यहाँ के गरिरहेको छस् ।’यो जवाफ पाएर म चुप भएँ । केही मिनेटमै यो बजारका लागि म एउटा नयाँ माल एउटा छैला बनेँ ।

ती ट्रान्सजेन्डर अचानक नरम भएर बोलिन्–तेरो तस्वीर पठाउनुपर्नेछ, पठाइएन भने त कसैले कुरा गर्ने छैन ।

यो कुरा सुन्ने बित्तिकै मेरो हालत खराब भयो । मेरो तस्वीर पब्लिक हुनेवाला थियो । म सोचिरहेको थिएँ कि कुनै नातेदारले देखे भने के होला मेरो भविष्य ।

पहिला दायाँतर्फबाट फेरि बायाँतर्फबाट र त्यसपछि मेरो अगाडिबाट तस्वीर खिचियो । यसका साथै दुई वटा आकर्षक तस्वीर पनि मागियो। मेरै सामुबाट त्यो तस्वीर कसैको वाट्सऐपमा पठाइयो । तस्वीरका साथमा लेखिएको थियो–नयाँ माल हो, रेट बढी लिनेछ । कम पैसाको चाहिए अर्कैलाई पठाउनेछु । मेरो लिलामी भइरहेको थियो, जुन अन्त्यमा पाँच हजारमा तय भयो ।

यसमा मैले ग्राहकका लागि सबै कुरा गर्नुपर्ने थियो। यो सबै कुनै चलचित्रमा होइन, मेरा साथ भइरहेको थियो । निकै विचित्र थियो । म जिन्दगीमा पहिलोपटक यस्तो गर्न गइरहेको थिएँ । बिना प्रेम, इमोशन्स कसरी गर्ने ? एक जना अपरिचितका साथ गर्नुपर्नेछ, यो सोचेर मेरो दिमागमा रिङ्गटा लागिरहेको थियो ।

एउटा पहँलो ट्याक्सीमा बसेर म त्यस दिन कोलकाताको एउटा पाँश क्षेत्रको घरमा प्रवेश गरेँ । घरभित्र ठुलो फ्रिज थियो, जुन मदिराका बोत्तलले भरिएको थियो । घरमा निकै ठुलो टेलिभिजन पनि थियो ।

उनी शायद ३२÷३४ वर्षकी विवाहित महिला थिइन् । कुरा सुरु भयो र उनले भनिन्–म त गलत ठाउँमा फसेँ । मेरा पति गे हुन् । उनी अमेरिकामा बस्छन् । सम्बन्ध विच्छेद गर्न सक्दिनँ । एउटा सम्बन्ध विच्छेद गरेकी महिलासँग कस्ले विवाह गर्नेछ । मलाई पनि अलगअलग कुरा गर्ने मन हुन्छ, भन के गरुँ ?

बाध्यता कि शौक
हामी दुवै जनाले मदिरा पियौं । उनले हिन्दी गीत लगाएर नृत्य सुरु गरिन् । हामी दुवै जना डाइनिङ रुमबाट बेडरुममा गयौ । अहिलेसम्म उनले मसँग प्रेमपूर्वक कुरा गरेकी थिइन् । काम जसै सकियो पैसा दिँदै भनिन्–जाउ, निस्क यहाँबाट ।

उनले मलाई टिप्स पनि दिइन् । मैले उनीसँग भनेँ–म यो सबै पैसाको कारण गरिरहेको छु ।

उनले भनिन्–तिम्रो बाध्यतालाई म शौक बनाइदिनेछु ।

मेरो बाध्यता जुन कोलकाताबाट सयौ किलोमिटर टाढा मेरो घरबाट सुरु भएको थियो । मेरो मध्यमबर्गीय परिवारलाई म अनलकी लाग्दथ्यो । किनभने मेरो जन्मपछि पिताको जागिर खोसियो । समयमा साथ यो दूरी बढ्दै गयो । मेरो सपना एमबीए गर्नु थियो । तर इन्जिनियरिङ्ग गर्न बाध्य पारियो र जागिर फला पारियो कोलकातामा ।

कार्यालयमा सबै जना बंग्ला मात्रै बोल्दथे । भाषा र कार्यालयको पोलिटिक्सका कारण म तनावमा थिएँ । गुनासो पनि गरेँ । तर केही पनि भएन। बाथरुममा छिरेर रुन्थेँ त कार्डको इन र आउट टाइम नोट गरेर भनिन्थ्यो –यो कुर्सीमा थिएन ।

मेरो आत्मविश्वास अन्तय हुन लागिरहेको थियो । विस्तारै विस्तारै डिप्रेशनले मलाई घेरा हाल्यो । डाक्टरकोमा पनि गएँ तर समस्या अन्त्य भएन । जिम्मेवारीहरु र समस्याहरु यति भारी लाग्न थाल्यो कि मैले इन्टरनेटमा सर्च गर्न थालेँ । मलाई पैसा कमाउनु थियो ताकि म एमबीए गर्न सकुँ, घर पैसा पठाउन सकुँ र कोलकाताको यो जागिर छाडेर भागौ ।

यसैबीच मैले इन्टरनेटमा मेल एस्कार्ट अर्थात जिगोलो बन्ने बाटो देखेँ । यस्तो चलचित्रमा पनि हेरेको थिएँ । केही वेभसाइट्स हुन्छन् जहाँ जिगोलो बन्नका लागि प्रोफाइल बनाउन सकिन्छ । तर यो कुनै जब प्रोफइल थिएन ।

प्रोफाइल लेख्न मलाई डर लागिरहेको थियो । तर म त्यो ढोकामा उभिएको थिएँ, जहाँ मसँग मात्र दुई वटा बाटा बचेका थिए ।

–एक–म उभिएको ढोकाबाट फर्केर आत्महत्या गर्ने ।

–दोस्रो–ढोकाबाट भित्र प्रवेश गरेर जिगोलो अर्थात पुरुष बेश्या बन्नु।

मैले ढोकाभित्र प्रवेश गर्ने निर्णय गरेँ । मैले जुन महिलाहरु भेटेँ, उनीहरुमध्ये अधिकांश विवाहित र सम्बन्ध विच्छेद गरेका, विधवा र एकल युवतीहरु पनि थिए । त्यसमध्ये अधिकांशका लागि म एउटा मानिस होइन, माल थिएँ । जबसम्म उनीहरुको इच्छा पूरा हुँदैन थियो। सबै राम्रो कुरा गर्दथे । भन्थे कि म आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरेर तिमीसँगै बस्छु । तर बेडरुममा बिताएको केही समयपछि सबै प्रेम अन्त्य हुन्थ्यो ।

यस्तो सुन्नु पर्दथ्यो

–‘जा निस्क यहाँबाट’

–‘पैसा टिप र भाग’

कयौ गाली पनि‘

यो समाज हामीबाट मजा पनि लिन्थ्यो र हामीलाई नै बेश्या भनेर गाली पनि गर्दथ्यो । एकपटक एउटा श्रीमान श्रीमतीले बोलाए । श्रीमान सोफामा बसेर मदिरा सेवन पिउँदै हामीलाई हेरिरहे । म उसकै सामु पलंगमा उसकी श्रीमतीसँग अन्तरंग पल बिताइरहेको थिएँ ।यो काम उनीहरु दुवैको सहमतिमा भइरहेको थियो । शायद उनीहरुको यो कुनै डिजायर हुन् ।

यसैबीच ५० वर्षभन्दा बढी उमेरका महिलाहरु पनि मेरा ग्राहक बने । उनीहरु मेरो जिन्दगीका सबैभन्दा अलग अनुभव थियो । रातभर उनीहरु बस मलाई छोराछोरा भनेर कुरा गर्दथे । भनिरहे कि कसरी उनीहरुका छोरा र परिवारले उनीहरुको परवाह गर्दैन । उनीहरु आफूबाट टारा रहन्छन्। उनीहरुले मलाई पनि भने,–छोरा यो धन्धाबाट चाँडै बाहिर निस्क, सही होइन यो सबै ।

त्यस रात हामीबीच कुराकानीबाहेक केही पनि भएन । बिहान उनले छोरा भन्दै निर्धारित रकम पनि दिइन् । जस्तै एउटी आमाले दिन्छिन् बिहान स्कुल जाने बेलामा । मलाई वास्तवमै ती महिलाका विषयमा निकै दुःख लाग्यो । फेरि जब एक दिन मैले मदिरा सेवन गरेको थिएँ र जिन्दगीबाट थकान महशुस गरिरहेको थिएँ, मैले आमालाई फोन गरेँ ।

आमासँग आक्रोशित हुँदै भने–तिमी सोध्थ्यौ नि अचानक बढी पैसा कसरी पठाउन थालिस् भनेर, आमा म गलत काम गरिरहेको छु‘धन्धा ।
आमाले भनिन्–चप लाग । रक्सी पिएर के पनि बोल्छस् तँ ।

यति भनेर आमाले फोन राखिदिइन् ।

मैले आमालाई साँचो कुरा बताउन चाहेको थिएँ तर उनले मेरो कुरालाई नजरअन्दाज गरिदिइन् । मैले पठाएको पैसा समयमै घर पुगिरहेको थियो‘म त्यो रात निकै रोएँ । के मेरो मूल्य मस मेरो पैसासम्म मात्र थियो रु त्यसपछि मैले आमालाई कहिल्यै पनि यस विषयमा कुरा गरिनँ ।

म यो धन्धा गरिनै रहेँ । किनभने मलाई पैसा प्राप्त भइरहेको थियो । बजारमा मेरो माग थियो‘लाग्यो कि जबसम्म कोलकातामा जागिर खानुपर्नेछ र एमबीएमा भर्ना हुँदिनँ तबसम्म यो काम गरिरहनेछु ।

तर, धन्धामा कतिपय विचित्रका मानिसहरु भेटिन्थे । शरीरमा चोटहरु हुन्थ्यो । यो निशान शरीरमा पनि हुन्थ्यो र आत्मामा पनि । र, यो पीडालाई अर्को जिगोलोले मात्रै बुझ्न सक्दथ्यो, सोसाइटीले चाहे जसरी हेरोस् ।

यो प्रोफेशनमा जानुमा मलाई कुनै अफसोस छैन । मैले एमबीए गरेँ र यसी एमबीएको बलमा आज कोलकातादेखि टाढा एउटा नयाँ सहरमा राम्रो जागिर खाइरहेको छु । नयाँ साथीहरु बनेका छन्, जसलाई मेरो अतीतका बारेमा केही थाहा छैन । शायद यो कुरा म कहिल्यै कसैलाई बताउने पनि छैन ।

हामी बाहिर जान्छौ । फिल्म हेर्छौ । रानी मुखर्जीको ‘लागा चुनरी में दाग’ चलचित्र मेरो मनपर्ने चलचित्र हो । शायद म त्यो चलचित्रको कथासँग स्वयमलाई दाँज्ने गर्दछु ।

हो, अतीतका बारेमा म सोच्छु कतिय अवस्थामा मन कुँडिन्छ । यो एउटा यस्तो च्याप्टर हो, जुन म मरेपछि पनि कहिल्यै परिवर्तन हुने छैन ।

(बीबीसी हिन्दी सम्वाददाता विकास त्रिवेदीले एक जना जिगोलोसँग गरेको कुराकानीमा आधारित । यो कथा बताउने व्यक्तिको आग्रहमा पहिचान गोप्य राखिएको छ ।)