एमबाप्पेका लागि रियल कीर्तिमानी मुल्य तिर्न तयार

एजेन्सी । फ्रान्सेली तथा पेरिस सेन्ट जर्मन ९पिएसजी०का युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न रियल मड्रिड कीर्तिमानी मुल्य तिर्न तयार रहेको बताइएको छ ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहको रियललाई पुनः लयबद्द बनाउन एमबाप्पेबा लागि २ सय ८० मिलियन युरोको कीर्तिमानी मुल्य तिर्न तयार रहेको बताइएको छ । प्रशिक्षक जिनेदिन जिदान क्लबमा फर्किएपछि उनले रियलको सुरुवाती लाइनअपलाई बलियो बनाउन खेलाडी अनुबन्ध प्रकृया सुरु गरेका छन् ।

सेहि अनुरुप जिदानले आफ्नो पहिलो रोजाइमा युवा खेलाडी एमबमप्पेलाई राखेको खुलासा भएको छ । आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिदानले चासो देखाएका छन् ।

दुई वर्षअघि पिएसजीसँग अनुबन्ध हुनु पुर्व पनि एमबाप्पे रियलमा आबद्ध हुने चर्चा चलेको थियो । तर, केही प्रविधिक कारणका बाबजुद उनी पिएसजीमा अनुबन्ध भएका थिए । प्रशिक्षक जिदानको रोजाइमा एमबाप्पेसँगै इडेन हाजार्ड, लेरोई साने, माउरो इकार्डी र ह्यारी केन पनि रहेको खुलासा भएको छ ।