मुल्यवृद्धि बिरुद्ध नेविसंघ सडकमा

काठमाडौं । दुईतीहाइको सरकार निर्माण भएपछि भइरहेको मुल्यवृद्धिका विरुद्ध नेपाल विद्यार्थी संघ बेला बेलामा आन्दोलित हुने गरेको छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेयता करिब आधा दर्जन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको छ भने आइतबार सरकारले औपचारिक  रुपमा यातायातमा भाडा वृद्धि गरेको छ ।

चाडवाडका मुखका सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धि र यातायतको भाडा वृद्धिका बिरोधमा मंगलबार देशभर बिरोध हुने भएको छ । नेपाल विद्यार्थी संघले मंगलबार देशभरका क्याम्पस अगाडी ९ देखि १० बजेसम्म चक्काजाम तथा बिरोध गर्ने भएको हो । नेविसंघका अध्यक्ष नैनसिंह महरका अनुसार सरकारको अतिबाद र निमुखा जनताको ढाड सेक्ने कदमका बिरुद्ध आन्दोलन केन्द्रित हुने छ ।