विप्लव समूहमाथिको प्रतिबन्ध गम्भिर भुलः नेता साउद

अछाम । नेपाली काँग्रेसका प्रवावशाली युवा नेता तथा पूर्वमन्त्री एनपी साउदले केपी ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ लम्किरहेको बताएका छन् । उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमाथि सरकारले प्रतिबन्ध लगाएर सरकारले गम्भिर भूल गरेको बताए ।

आज अछाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता साउँदले हिंसालाई काँग्रेसले कुनै पनि सर्तमा स्वीकार नगर्ने बताउँदै भने, ‘सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताबाट समस्याको समाधान अविलम्ब खोज्नुपर्छ ।’

नेता साउदले सरकारलाई सही बाटोमा ल्याउन सम्पूर्ण लोकतन्त्रवादी शक्ति एक हुनुपर्ने बताउँदै त्यसका लागि आह्वान गरे । उनले काँग्रेसले निकट भविश्यमै सरकारविरुद्ध जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी पनि दिए । वर्तमान सरकारले समृद्धिको नारा लगाए पनि देशको परिस्थिति झन जटिल बन्दै गएको बताउँदै नेता साउदले यतिबेला लोकतान्त्रि शक्ति जुटेर अघि बढ्नुपर्ने बेला अएको बताए ।

केही दिनदेखि अछाम जिल्लाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागि भएका नेता साउदले सुदूरपश्चिमका पहाडी जिल्लामा कुरितिका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि महिला जागरुक हुनुपर्ने बताए ।