मुम्बईको पहिलो जित, बैंगलोरको दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आइपिएल० टी(२० क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । बिहिबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धाति २० ओभरमा ५ विकेट गुमाएर मात्र १ सय ८१ रन बनाउन सक्यो । बैंगलोरका लागि एबी डेभिलियर्स अविजित ७० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कप्तान विराट कोहलीले ४६ रन जोडे । यससँगै विराटले आएपिएलमा ५ हजार रन पुरा गरेका छन् । पार्थिब पटेलले ३१ रन जोडे । मुम्बईका लागि जसप्रित बुमराहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङबो निम्तो पाएको मुम्बईले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन बनाउँदा सूर्य कुमार यादबले ३८ रन जोडे ।

त्यस्तै हार्दिक पाण्ड्याले ३२ रन जोड्दा युवराज सिंह क्वीन्टन डी ककले समान २३-२३ रन जोडेका थिए । बैंगलोरका लागि युजबेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए । उमेश यादब र मोहमद सिराजले दुई दुई विकेट लिए ।