बार निर्वाचन आज, मतगणना दुई दिनपछि

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुँदै छ । मतदान बिहान ८ बजे सुरु भई अपराह्न ४ बजे सकिनेछ । बारमा २५ पदका लागि ६३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा १० हजार एक सय ४१ मतदाता छन् । निर्वाचनमा सत्तारूढ नेकपानिकट नेपाल लयर्स एसोसिएसन (एनएलए) बाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाट अध्यक्ष सुनीलकुमार पोखरेल प्यानलसहित मैदानमा उत्रेका छन् । एनएलएलाई मधेसकेन्द्रित दल र डिएलएलाई राप्रपानिकट कानुन व्यवसायीको समर्थन छ ।

नयाँ शक्तिबाट अध्यक्षमा कृष्ण शर्मा, महासचिवमा डा. रामहरि त्रिपाठी, कोषाध्यक्षमा नारायण खरेल र सदस्यमा रामबहादुर मिजार पनि प्रतिस्पर्धा गर्दै छन् । एनएलए र डिएलएबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बारमा अध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजना चुनिने व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।