निरन्तर शनिबारमा कादम्बिनी

काठमाडौं । निरन्तर शनिबारको नियमित रचना वाचनको पछिल्लो शृङ्खलामा गीतकार शीतल कादम्बिनी अतिथिका रूपमा उपस्थित भइन् । गजलकारसमेत रहेकी कादम्बिनीले शास्त्रीय छन्दको कविता सुमधुर स्वरमा वाचन गर्दै आफ्नो प्रस्तुति सुरु गरिन् । कादम्बिनीले नेपालगन्जदेखि चितवन हुँदै काठमाडौँसम्मको साङ्गीतिक यात्राका आफ्ना रोचक अनुभवहरु कार्यक्रममा सुनाइन् ।

‘कादम्बिनी’ एल्बम आउनुभन्दा पहिले नै आफ्ना केही गीत रेकर्ड भएको भए पनि आफू नोटिस हुन नसकेको र पछि ‘कादम्बिनी’ एल्बमका गीतरगजलले आफूलाई चिनाएको उनले बताइन् । उनले कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ, धेरै चोटि मरे म त, गयो रात के भो, बनायौ तिमीले बहाना अनौठो र झुमा झुम्कावाली लगायतका गीतरगजल कार्यक्रममा गुनगुनाएकी थिइन् ।

कार्यक्रममा सुदर्शन शर्मा, इन्द्र लम्साल, पदम दाहाल, केवल कार्की, रन्जिता गिरी, टेकराज अवस्थी, एपी सुमन, शैलेन्द्र शर्मा गौडेल, सोझो गाउँले लगायतले रचना सुनाएका थिए । वाल्मीकि विद्यापीठमा कार्यक्रम सम्पन्न भएको थियो ।