दसैंको अग्रिम टिकट बुकिङ आजबाट

काठमाडौ – यातायात व्यवसायीहरुले दसैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरेका छन्। नेपाल यातायात व्यवसायी राष्टि«य महासंघले माग गरेअनुरुप सरकारले यातायात भाडा बृद्धि गरेपछि आजबाट टिकट बुकिङ खोलिएको हो।

भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन्।

भाडा बृद्धिको अनुमति पत्र महासंघसमक्ष आइसकेकाले त्यसलाई स्वीकार गर्दै अग्रिम टिकट बुकिङ आजदेखि खोलिएको महासंघका महासचिव सरोज सिटौलाले बताए।