बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

एजेन्सी । कप्तान लियोनल मेस्सी नायक बनेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्पानियोललाई २-० गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको हो ।

बार्सिलोनाको जितका लागि दुबै गोल कप्तान मेस्सी गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ ।