जापानको अनौठो चलन: सम्राट अनुसार युगको नाम

यदि तपाईँले आफ्नो मुलुकको भविष्यलाई परिभाषित गर्ने एउटा शब्द रोज्नुपर्‍यो त्यो कुन हुनेछरु

सम्राटको परिवर्तनले एउटा नयाँ युगमा पुग्ने जापानका अधिकारीहरूले अहिले यही प्रश्नको सामना गरिरहेका छन्।

प्रत्येक सम्राटको शासन अथवा ुगेङ्गोुको एउटा नाम हुन्छ, जसको प्रयोग वर्षहरूको गणनाका लागि पश्चिमा पात्रोसँगै गरिन्छ। अतः निकै सुझबुझका साथ त्यो शब्दको चयन गरिन्छ।

एप्रिल १ मा गरिने एउटा ठूलो घोषणाका लागि लाखौँ जापानी प्रतीक्षारत छन्। त्यो शब्दको गोप्य चयन प्रक्रियाबारे यहाँ चर्चा गरिएको छ।

यसको व्यवहारिक र दार्शनिक दुवै खालको उत्तर छ।

गेङ्गोको नाम त्यसको कालखण्ड जनाउनका निम्ति सिक्कामा, पत्रपत्रिका, चालक अनुमतिपत्र र सरकारी कागजातमा प्रयोग गरिन्छ।

तर त्यसले एउटा कालखण्डको मर्मलाई पनि प्रतिनिधित्व गर्दछ, जसरी हामीले ‘९० को दशक’ अथवा ‘भिक्टोरियाली युग’ भनेर भन्दा त्यस समयको संस्कृति तथा घटनाक्रमलाई दर्शाउँछ।

हुन त जापानी सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन तर उनी एक अति सम्मानित व्यक्तित्वका रूपमा रहन्छन्।

वर्तमान सम्राट आकिहितो ८५ वर्षका छन् र उनको युगलाई ‘हेसे’ भन्ने गरिन्छ।

उनको शासन सन् १९८९ मा शुरू भयो। अतः सन् २०१९ लाई हेसे ३१ पनि भन्न सकिन्छ।

यसको अर्थ ‘शान्ति हासिल गर्नु’ हो र त्यसको चयन सावधानीपूर्वक गरिएको थियो, जसले देशभित्र र बाहिर राम्रो सम्बन्ध स्थापित गर्ने चाहनालाई प्रतिबिम्बित गरेको थियो।

त्यसअघिको समयावधिलाई ‘शोवा’ (‘सुसूचित सद्‌भाव’) भन्ने गरिन्थ्यो, जसको नेतृत्व युद्धकालीन जापानका सम्राट हिरोहितोले गरेका थियो।

चौसठी वर्ष लामो उक्त कालखण्ड दोस्रो विश्वयुद्ध र द्वन्द्वपछि जापानको विकासको साक्षी बन्यो।

नयाँ सम्राटको शासनकाललाई ‘एङ्क्यु’ (‘शान्तिपूर्ण र स्थायी’) नाम दिन सकिने हल्ला छ। तर सार्वजनिक नगरिएसम्म चयन गरिने नाम एकदमै गोप्य राखिन्छ।

वरिष्ठ अधिकारीहरूले घोषणा गरिने दिनभन्दा पहिल्यै सञ्चारमाध्यमबाट सार्वजनिक हुन सक्ने नाम खारेज गरिने बताएका छन्।

नयाँ नामले जापानी आदर्श र आकाङ्क्षालाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ। त्यसका साथै त्यो पढ्न र लेख्न पनि सजिलो हुनेछ।

प्राज्ञहरूले शब्दहरूको सूची तयार पार्छन्, त्यसमध्ये विज्ञहरूले सबैभन्दा राम्रो रोज्छन् अनि जापानको मन्त्रिपरिषद्‌ले अनुमोदन गर्छ।

त्यो गोप्य कुरा बाहिर नजाओस् भन्ने कुराको सुनिश्चितताका लागि मन्त्रिपरिषद्‌का सदस्यले बैठकअघि आ-आफ्ना फोन तथा स्मार्ट घडी जिम्मा लगाउँछन् र औपचारिक घोषणा नगरिएसम्म बैठक कक्षमा रहिरहनुपर्छ।

युगका नाम चिनियाँ परम्परागत अक्षरबाट लिइन्छ र सामान्यतया एउटा सम्राटको निधन भएर अर्कोले गद्दी सम्हालेपछि सार्वजनिक गरिन्छ।

तर अहिलेको कुरा फरक छ किनकि वर्तमान सम्राट आकिहितोले आफ्ना छोरा युवराज नारुहितोका लागि राजगद्दी त्याग्दैछन्। उनले मे १ तारिखबाट राजगद्दी सम्हाल्नेछन्।

यसरी नाम परिवर्तन हुँदा कम्प्युटर प्रणालीमा आउन सक्ने समस्याका लागि कम्पनी र सरकारी कार्यालयहरूले तयारी गरिसकेका छन। तर एक महिनाअघि नै नाम घोषणा गरिने भएकाले कम्प्युटर प्रणालीमा गरिनुपर्ने परिवर्तनका लागि समय हुने बताइएको छ।

जापानी सञ्चारमाध्यम निक्केका अनुसार प्रत्येक ३० वर्षमा एक पटक नाम चयनको अभ्यास गरिन्छ। अतः अधिकारीहरू त्यो खास दिनबारे अवगत रहन्छन्।

उपयुक्त नाम चयन गरिएपछि मन्त्रिपरिषद्ले त्यसबारे एउटा कानुन अङ्गीकार गर्नेछ र वर्तमान सम्राटले त्यसलाई अनुमोदन गर्नेछन्।

विश्वव्यापीकरणको प्रभावसँगै जापानमा त्यसको प्रयोग घट्दो क्रममा रहेको बताइन्छ।

माइनिची पत्रिकाले हालै गरेको एउटा सर्वेक्षणले एक तिहाइ मानिसले त्यो प्रयोग गर्ने गरेका छन्, जबकि सन् १९७५ मा ८२ प्रतिशतले त्यसको प्रयोग गर्थे र २५ प्रतिशतले पश्चिमा पात्रो।

दुवै पात्रोले पश्चिमा महिना प्रयोग गर्छन्, धेरै मानिसले दुवै पात्रोलाई एकसाथ प्रयोग गर्छन्।

शासनको अन्त्यमा सम्राटहरूलाई उनीहरूले नेतृत्व गरेको युगबाट नाम दिइन्छ।

यसको अर्थ वर्तमान सम्राट आकिहितोलाई सम्राट हेसे भनिनेछ। उनका दिवंगत बुवा हिरोहितोलाई सम्राट शोवा भनिन्थ्यो।