हरीबतासबाट प्रभावितलाई धुर्मुस–सुन्तलीको मल्हम

काठमाडौं । आइतबार राती करिब ८ बजे आएको हुरीबतासका कारण पर्सामा एक र बारा जिल्लामा २६ जनाको गरी २७ जनाको मृत्यु भइसकेको छ । वारा र पर्साका करिव ५०० जना घाईते वीरगंज स्थित नारायणी क्षेत्रिय अस्पताल, नेशनल मेडिकल कलेज, गण्डकी अस्पताल र वीरगंज हेल्थ केयरमा उपचार भइरहेको छ । केही घर फर्केका छन् ।

हावाहुरीले दुई जिल्लामा सयौँ नागरिक प्रभावित भएका छन् । धेरैको घरबास उजाडिएको छ । अन्नपात नोक्सान भएपछि सयौँ नागरिक भोकै र खुला आकास मुनी बस्न बाध्य छन् । बराको फेटा गापाको विनवलिया, फेटा र पुरौनिया, परसौनी गापाको भरवलिया र खुटवाजवदी, कलैया उनपाको धर्मनगर, माहगढीमाई नपाको तेलकुवा र तेलगाई, शुवर्ण गापाको हर्दिया, परसुरामपुर र वगही त्यस्तै पचरौटा नपाको भेनौली वढी प्रभावित भएका छन् ।

बारा जिल्लाका हावाहुरी प्रभावित ४ सय परिवारका लागि धुर्मुस सुन्तली फाउण्डेशनले चामल, त्रिपाल र चाउचाउ प्रदान गरेको छ । अति प्रभावित फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल प्रसाद शाहलगायत प्रतिनिधिको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।