अत्तरियामा भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता

अत्तरिया । कैलालीको अत्तरियामा भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुने भएको छ । माउण्ट एभरेष्ट युवा क्लब मालाखेतीको आयोजनामा भेट्रान पेनाल्टी सुट आउट प्रतियोगिता हुन लागेको हो ।

क्लबले सोमवार अत्तरियामा पत्रकार सम्मेलन गर्दै चैत २८ गते प्रतियोगिता हुने जनाएको छ । समाज र खेलकुदका लागि केहि गरौ भन्ने उद्देश्यले आयोजना हुने प्रतियोगिता नक आउट चरणमा खेलाइनेछ । प्रतियोगिताको बिजेताले नगद ३१ ह्जार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपबिजेताले नगद १५ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । उत्कृष्ट गोलरक्षक र खेलाडीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक छत्रबहादुर रोकायाले जानकारी दिए ।