हावाहुरीबाट पीडितलाई काङ्ग्रेस सांसदको दुई दिनको तलब

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप दुई दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

विपद्मा कम्तिमा २७ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।