सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य तथा लेग ब्रेक स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने स्पिनर बनेको छन् ।

सोमबार राती दिल्ली क्यापिटल्सबाट जारी सिजनको इन्डियन्स प्रिमियर लिग (आइपिएल)मा आफ्नो दोस्रो खेलमा दुई विकेट लिँदै सन्दीप सन् २०१९ को बर्ष टी२० क्रिकेटमा सर्वाधिक विकेट लिने स्पिन बलर बनेका हुन् ।

सोमबार भएको आइपिएलमा किंग्स इलाभेन पन्जावविरुद्ध हमत्वपूर्ण दुई विकेट लिएका थिए । साही पन्जावविरुद्ध २ विकेट लिएपछि सन्दीपले सन् २०१९ मा सर्वाधिक २७ विकेट लिदै कीर्तिमान बनाएका हुन् ।

उनले पाकिस्तानका साहिद अफ्रिदी, अफगानिस्तानका राशिद खान र बंगलदेशका शाकिब अल हसनलाई पछि पार्दै उक्त कीर्तिमान आफ्ना नाममा गरेका हुन् ।

दोस्रो स्थानमा रहेका अफ्रिदीले २६ विकेट लिएका छन् । त्यस्तै अफगानिस्तानका राशिदले २५ विकेट तथा बंगलादेशका अल हसनले २४ विकेट लिएका छन् ।