कमजोरी लुकाउन सेना गुहार्नु बेठीक – रानीपोखरी पुनर्निर्माण जिम्मा भक्तपुरलाई दिउँ

भक्तपुरमा रानीपोखरी बनेको ४० वर्षपछि कान्तिपुरमा राजा प्रताप मल्लले बिसं १७२७ मा रानीपोखरी निर्माण गराएका थिए। यो आजभन्दा ३४८ वर्ष पहिले हो । उनले छोरा चक्रवर्तेन्द्र मल्लको मृत्य शोकमा डुबेकी रानीलाई सान्त्वना दिन र मन बहलाउन रानीपोखरी निर्माण गराएका थिए भनिन्छ ।