विराटको बेंग्लोरको लगातार चौथो हार

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार चौथो हहारर व्यहोरेको छ । मंगलबार राती भएको खेलमा राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएपछि बेंग्लोरले लगातार चौथो हार व्यहोरेको हो ।

यता राजस्थानको भने प्रतियोगितामा पहिलो जित हो । बेंग्लोरले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितका लागि जोस बट्लरले ५९ रनको अर्धशतकीय पारी खेले । त्यस्तै स्टिभ स्मिथले ३८, राहुल त्रिपाठी ३४ र कप्तान अजिंगे रहानेले २२ रन जोडे । बेंग्लोरका लागि युजभेन्द्र चाहलले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ६७ रनको अर्धशतकीयपारी खेलेपनि जितका लागि प्रयाप्त भएन् ।

मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३, मोइन अली १८ र एबी डी भिलियर्सले १३ रन जोडे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।