युभेन्ट्स लिगको उपाधि नजिक

एजेन्सी- इटालियन सिरि ‘ए’ फुटबलमा युभेन्ट्सले काग्लीयारीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले काग्लीयारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सको जितका लागि लियोनार्दो बोनुची र माइस केनले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १-० ले अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको ८५ औ मिनेटमा माइस केनले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए । यस जितसँगै युभेन्ट्सले दोस्रो स्थानको नेपोलीसँग १८ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको युभेन्ट्सले ३० खेलबाट ८१ अंक जोडेको छ । काग्लीयारी ३३ अंक सहित १३ औं स्थानमा छ ।