एकै रातको वर्षाले जलमग्न धनगढी

धनगढी । गएराति परेको वर्षाका कारण धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। धनगढीको मध्यभाग एलएनचोक, पार्कमोड, प्रदेशसभा भवन अगाडिको सडक, विशालनगर, उत्तरवेहडी लगायतका क्षेत्र डुबानमा परेका हुन्।

मुख्य सडकमै पानी जम्दा आवातजावतमा समस्या भएको छ । ढल निकासको उचित व्यवस्था नहुँदा धनगढी सामान्य वर्षाले पनि डुवानमा पर्ने गरेको स्थानीयको गुनासो छ।

वर्षाले किसानले लगाएको हिउँदे तरकारी बालिमा समेत क्षती पुगेको छ।