पाण्डेको ‘मरिहत्ते’ बजारमा

काठमाडौं । भर्सटाइल गायिका प्रसन्ना पाण्डेको नयाँ गीत बजारमा आएको छ । ‘मरिहत्ते’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।

भुपेन्द्र खड्काको शब्दमा हरि लम्सालले संगीत गरेका छन् । भिडियोमा नायिका प्रियंका कार्की र विल्सनबिक्रम राइले अभिनय गरेका छन् । नवराज उप्रेतीले छायाँकन गरेको म्युजिक भिडियो निर्देशन सुब्रतराज आचार्यले गरेका हुन् ।