सांसदलाई एक करोडको योजना

हेटौँडा  । प्रदेश ३ सरकारले आफ्नै नीति तथा कार्यक्रमविपरित आर्थिक वर्षको अन्त्यतिर अर्बका योजना बाँड्ने तयारी गरेको छ । संसद् छलेर आर्थिक वर्षको अन्त्यमा प्रत्येक सांसदका २ योजनालाई १ करोड रकम विनियोजन गर्न लागिएको हो ।

प्रदेशसभा ३ मा १०९ सांसद छन् । यसका लागि प्रदेश नीति तथा योजना आयोगमार्फत सरकारले संसद्मा प्रतिनिधित्व गर्ने दलका सांसदलगायतसँग चैत १९ गते मंगलबार छलफल चलाएको छ । आफूले पनि भाग पाउने भएपछि प्रमुख विपक्षी कांग्रेसलगायतका दल पनि मौन छन् । आजकाे कान्तिपुर दैनिकमा खबर छ ।