कामदारको तलब घटाउने भनेपछि संसदमा कुटाकुट

कोरिया । कामदारको तलब घटाउने कानुनका विषयमा विवाद चर्किँदा दक्षिण कोरियाको संसदमा कुटाकुट भएको छ ।

आप्रवासी श्रमिकको तलब घटाउने लगायतका कानुन संसद विवाद भएको थियो । उक्त कानुन पारित हुन नदिने क्रममा संसदमा कुटाकुटको स्थिति सिर्जना भएको हो । मंगलबार संसदमा उक्त कानुन सम्बन्धी छलफल चलिरहँदा प्रजातान्त्रिक मजदुर संगठन (केसिटियु) का प्रतिनिधिहरू बैठक रोक्न हलभित्र प्रवेशको प्रयास गरेका थिए । उनीहरूलाई रोरोक्न खोज्दा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

यो कानुन पास हुन नदिन यहाँका मजदुर संगठनले चरणबद्ध आन्दोलन गरिरहेका छन् । संसदको कानुन समितिका सांसद तथा प्रतिपक्षी दल हानकुकका सांसद ई ह्वान यंग लगायत १४ जना सांसदहरूले यसअघि संसदमा पेस गरेको उक्त कानुनको मस्यौदामा अहिले छलफल चलिरहेको छ। एजेन्‍सी