पिएसजी फ्रेन्च कपको फाइनलमा

एजेन्सी । फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा नान्टेसलाई ३(० गोल अन्तरले पराजित गर्दै पिएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो ।

पीएसजीको जितमा मार्का भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा मार्का भेराटीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । उनले युवा फरवार्ड केलियन एमबाप्पेको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । उनले ८५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यसअघि ६६औं मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पे गोल गर्नबाट चुकेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पिएसजीलाई ३(० को जित दिलाए । अब उपाधिका लागि पिएसजीले रेनेससँग खेल्ने छ । फाइनल खेल अप्रिल २८ तारिखमा हुने छ ।