नेयमार कहिले फर्किदै छन् मैदानमा ?

एजेन्सी । ब्राजिलियन तथा सेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फर्वाडर नेयमार चोटमा कारण लामो समय मैदान बाहिर रहदै आएका छन् । लामो समय मैदान बाहिर बसाईले उनका समर्थकमाथी निरासा पलाएको छ ।

धेरै जसो समर्थकले नेयमार मैदानमा फर्किने मिती कुरेर बसेका छन् । तर, नेयमार मैदानमा फर्किने मितीको कुनै टुङ्गो लागेको छैन् । पिएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार मैदानमा फर्किने कुनै आधिकारीक मिती तय नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार मध्यमका पत्रकारले नेयमार बारे सोधेको प्रश्नमा प्रशिक्षक टुचेलले स्टार फर्वाडर नेयमार जब फिट हुने छन् तब मैदानमा फर्किने बताएका हुन् । ‘नेयमार फिट छन् । अहिले उनीमा कुनै दुखाइ छैन् । तर, उनी कहिले टोलीमा फर्किन्छन् त्यो तय भएको छैन् ।’

प्रशिक्षक टुचेलले भने, ‘यो मेरा लागि र उनका लागि पनि कठिन छ । त्यसैले यसको एक मात्र समाधान धैर्य रहनु हो ।’ क्लबमा फर्किन नेयमारसँग अझै केहि समय रहेको प्रशिक्षक टुचेलले बताएका छन् । २७ बर्षीय नेयमार २३ जनवरीमा स्टार्सवर्गविरुद्ध भएको खेलमा घाइते भएका थिए ।