सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि सुरु हुने भए पनि चन्द्रमासअनुसार शनिबारदेखि नै नयाँ संवत्सर प्रारम्भ हुन्छ। परिधावी नामक संवत्सरको ग्रहपरिषद्मा शनि राजा र सूर्य प्रधानमन्त्री पदमा आसीन भएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
देश विशेषका शासकले सम्बन्धित राज्यमा शासन गरेजस्तै विश्व ब्रह्माण्डको शासन ग्रहपरिषद्ले गर्ने शास्त्रीय मान्यता छ। शनिलाई सूर्यको छोरा मानिन्छ। बाबु छोरा भए पनि यी दुई ग्रहबीच आपसमा शत्रुतापूर्ण सम्बन्ध रहेको चर्चा पुराण आदि धार्मिक ग्रन्थमा गरिएको छ।